राजेश कुशवाहा ।

सर्लाही १३ कार्तिक ।

धनकाैल गाउँपालिका वडा न.१ सेखाैना धाेविनियाँ टाेलका मुसहर दलित समुदायको २२ जना विधार्थिहरलाई कापि,कलम डटपेन,पेन्सिल, कटर, मेटाैना वितरण कार्यक्रम सम्पन्न भएको छ । धनकाैल गा.पा. उपाध्यक्ष अकलि सहनीको प्रमुख अातिथ्य र वडा न.१ वडा अध्यक्ष गाैरि शंकर महताेकाे अध्यक्षता वितरण गरिएको छ। शिक्षाको विकास सबैको पहुँच र बिकास उदेश्यले भिजिट मधेश नेपाल सर्लाहीको अायाेजना र गा.पा.उपाध्यक्ष अकलि सहनीको निजि सहयोगमा स्टेसनरी सामग्री वितरण गरिएको छ। उपाध्यक्ष अकलि सहनिले शिक्षाको विकासलाई जिवनकाे महत्त्वपूर्ण ज्ञान भएको बताउनु हुन्छ। संसार लाई हेर्न मात्र हाेईन यसलाई व्यख्या शिक्षा नै गर्छ, नेपालमा विगत लामो समयदेखि दलितको नामले सम्बाेधन गरि अाउदै अाएकाे मुसहर समुदायको शिक्षाको विकास पहिलो प्राथमिकता स्थानीय सरकार काे भएपनि प्रभावकारी रूपमा शिक्षाको विकास नभएको देखिन्छ । यसलाई कडा रूपमा लिनु पर्छ, शिक्षकले पनि अाफ्नाे ईमानदारी पुर्वक न पठाउने शिक्षकलाई कार्वाही र तलब समेत राेक्का गरिनेछ यसको अनुगमन समिति बनाएर प्रत्येक बिधालय अनुगमन गर्न अावश्क देखिन्छ । भिजिट मधेश नेपालको शाखा सर्लाही संयाेजक राजेश कुशवाहा ले बताए अनुसार अहिले पनि हाम्रो समाज पुरानो विचार भएको मानिसले गर्दा कतिपय विभिन्न समस्या उत्पन्न भएको देखिन्छ, जातपातकाे भेदभाव अहिले पनि कायत रहेको देखिन्छ ।शिक्षाको विकासले एउटा अंध्यारे बस्तुलाई उज्यालो झै हृर्न पाईन्छ शिक्षाको बिकास भएपछि अाफै सबै सबल हुन्छ संयाेजक कुशवाहाकाे ठम्याइ छ। कार्यक्रममा विशिष्ट अतिथि सामाजसेवि युवानेता हरेनद्र सहनि, धनकाैल गा.पा. कार्यपालिका सदस्य सुमित्रा देवि, विधयालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर महताे, अतिथि हरकठवा ईलाका प्रहरी कार्यालय असई रामलाल ठाकुर, समाजसेवी ईन्दल महताे सहित सैकडाे अभिभावककाे उपस्थित रहेको थियोे ।