रौतहट प्रहरी द्धारा झण्डै एककरोडको अबैध सामान बरामद

  •  २७ असोज, २०७६


ओम प्रकाश यादव
रौतहट २७ असोज
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटहरुले झण्डै एक करोड मुल्य बराबरको तस्करीको माध्यम बाट भित्रयाईएको अबैध सामान बरामद गरेको छ ।
यस आर्थिक बर्षको साउन देखी गत २२ गते सम्म रौतहटको सबै प्रहरी युनिटले गरी कुल ९१ लाख ९९हजार एकसय ८० रुपैया बराबरको अबैध भारतिय सामान बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताएका छन ।
समिावर्ती भारतिय बजार घोडाशहन,बैरगनिया लगायतका बजार बाट बिभिन्न नाकाहरु बाट भन्सार छली तस्करहरुले भित्रयाएको कपडा,किराना,कस्मेटिक,लगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोही अवधिमा भारत बाट तस्करीको माध्यमले भित्रयाउदै गरेको ४ वटा गाई र १७ वटा रांगा समेत बरामद गरी आवशयक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौर पठाएको जनाईएको छ ।
चाँडपर्वको आगमन संगै जिल्लामा तस्करी बढने सुचनाका आधारमा एसपी खत्रीको निर्देशनमा प्रहरीले कडाई साथ चेकजाँच तथा बिषेश गस्तीको क्रममा सानो अवधिमा ठुलो परिमाणको अबैध सामान बरामद भएको प्रहरी निरिक्षक पप्पु नायकले बताएका छन ।
हाल समग्रमा बिगतको तुलनामा जिल्लामा हुनेगरेको भारतिय सामानको तस्करी न्युन हुँदैगईरहेको अवस्थामा जिल्लाका पश्चिमीभेगका केही प्रहरी युनिटका प्रमुखहरुको आर्थिक मोहको कारण पुर्ण नियन्त्रण हुन नसकेको जानकारहरुको ठम्मयाई रहेको छ ।